Kathmandu Press

‘मधेशमा छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्छ’

‘आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ,’ उनले भने।
‘मधेशमा छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्छ’

काठमाडौं, जेठ २३ : नपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन्।

जनकपुरधाममा पत्रकार पत्रकार सम्मेलनमा देउवाले आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन्।

‘आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ,’ उनले भने।

सो अवसरमा विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो।

प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, जेठ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्