स्याङ्जा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गल्याङ पहिलो, चापाकोट दोश्रो

काठमाडौं, जेठ २३ : स्याङ्जा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि गल्याङ नगरपालिकाले जितेको छ।
खेलकुद विकास समिति स्याङ्जाको चापाकोट नगरपालिकामा आयोजित १३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण, ६ रजत र ७ काश्य गरी २८ पदकसहित गल्याङ नगरपालिकाले उपाधि जितेको हो। प्रतियोगितामा गल्याङ नगरपालिकाले विभिन्न तौल समुहको कराते तर्फको १२ प्रतियोगितामा १२ संवरण पदक प्राप्त गरेको हो ।
यस्तै गल्याङ नगरपालिकाले छात्र ८०० मिटर दौड,छात्रा १०० मिटर दौड र छात्रा हाइजम्पमा स्वर्ण पदक जितेको थियो। प्रतियोगितामा गल्याङ नगरपालिका बाट सहभागीता जनाउनु हुने सम्पूर्ण खेलाडी र प्रशिक्षक लाई नगरपालिकाले एक कार्यक्रमकाबीच सम्मान गरेको छ।
यसैबीच राष्ट्रपति रनिङ शिल्ड को उपाधी जित्ने गल्याङ नगरपालिकाका खेलाडीहरुलाई गल्याङ नगरपालिकाले रु १ लाख सहित सम्मान गरेको हो।
त्यस्तै प्रतियोगितामा १२ स्वर्ण, १८ रजत र ११ काश्य पदक सहित चापाकोट नगरपालिका उपविजेता बन्न सफल भयो। प्रतियोगितामा स्याङ्जा जिल्लाका विभिन्न पालिकाका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो । जिल्ला स्तरीय खेल जित्ने टिमले गण्डकी प्रदेश स्तरीय खेलमा सहभागी हुन पाउने छन्।