प्लास्टिकको असरबारेको ज्ञान व्यवहारमा उतार्न जरुरी छ : सभामुख
‘यसको मनिटरिङ कसरी गर्ने, कसले गर्ने, कार्यान्वयनमा जानको लागि कुन तहबाट ऐन, कानून, विधी बनाउने मात्र नभई कार्यान्वयन नहुँदा नियन्त्रणको लागि उपायहरु खोज्नुपर्ने अवस्था छ,’ उनले भने।-(1)-1749196816.jpg)
काठमाडौं, जेठ २३ : सभामुख देवराज घिमिरेले प्लास्टिकले हाम्रो जीवनमा पार्ने असरबारे ज्ञान भएपनि व्यवहारमा नउतार्दा यसको प्रभाव बढेको बताएका छन्।
शुक्रबार डिप्लोमा इन्जिनियर्स एसोसिएसन, नेपालको ४५औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले प्लास्टिकको प्रयोग नियन्त्रण गर्न व्यवहारिक रुपमा जानुपर्ने बताए।
‘हाम्रो व्यहारमा ज्ञानको अभावमा काम नहुने तर ज्ञान भएपनि काममा नउतार्ने परिपाटी छ। प्लास्टिकले पार्ने असरमा समाजमा ज्ञान प्राप्त हुँदै आएको छ। तर त्यसलाई न्यून गर्न वा नियन्त्रण गर्नुपर्छ भन्ने व्यवहारीकरुपमा जाने कुराको अभाव छ,’ उनले भने।
उनले प्लास्टिक नियन्त्रणका लागि ऐन, कानून मात्र नभई कार्यान्वयका उपाय खोज्नुपर्ने बताए।
‘यसको मनिटरिङ कसरी गर्ने, कसले गर्ने, कार्यान्वयनमा जानको लागि कुन तहबाट ऐन, कानून, विधी बनाउने मात्र नभई कार्यान्वयन नहुँदा नियन्त्रणको लागि उपायहरु खोज्नुपर्ने अवस्था छ,’ उनले भने।
यसैगरी निवर्तमान प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आफ्नो विगत सम्झदै इन्जिनियर्स संस्थासँग रहेर प्राविधिक काम गर्न पाउँदा खुशी लागेको बताए। उनले डिप्लोमा इन्जिनियर्स एसोसिएसन, नेपालको ४५औं वार्षिकोत्सवलाई शुभकामना दिंदै भविश्यमा राष्ट्र निर्माण गर्नको लागि योगदान दिइरहेको बताए।