Kathmandu Press

आज चार संसदीय समितिका बैठक बस्दै

आज चार संसदीय समितिका बैठक बस्दै

काठमाडौं, जेठ २३ : शुक्रबार एकै पटक चारवटा संसदीय समितिका बैठक बस्दैछन् । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेका हुन् ।

यी बैठकहरूमा विभिन्न महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ । बिहान साढे ८ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्नेछ । बैठकमा मिति २०८२/४/२ र ३ गते हुने हिन्दकुश हिमालयका जनप्रतिनिधिहरु सहभागि रहने सम्मेलन आयोजना गर्ने सम्बन्धमा वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गरिनेछ । 

Hardik ivf

यसैगरी बिहान साढे ८ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक २०८१ माथि संशोधन प्रस्तावकर्ता माननीयहरुसँग छलफलल गरिने कार्यसूची रहेको छ ।  

सार्वजनिक लेखा समितिको ४३ औं बैठक बिहान साढे १० बजे बस्ने भएको  छ । बैठकमा २३ औं वार्षिक प्रतिवेदनको मस्यौदा वितरण गरिने कार्यसूची रहेको छ ।

बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको ७३ औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ । 
 

प्रकाशित मिति: ०८:०१ बजे, शुक्रबार, जेठ २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्