आज पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना
महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं, जेठ २३ : हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने पूर्वको अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राती भने कोशी प्रदेशलगायत देशको पहाडी भू*भागमा आंशिक बदली रही बाँकी भू*भागमा मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू*भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
प्रकाशित मिति: ०७:४९ बजे, शुक्रबार, जेठ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार