Kathmandu Press

अदालतमा गएर बयान दिन नेपाललाई कानुनविद्को सुझाव 

अख्तियारले अदालतमा मुद्दा दायर गरेलगत्तै रौतहटबाट काठमाडौँ फर्किएका नेपालले वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दीसँग पार्टी कार्यालयमा परामर्श लिएका हुन्। 
अदालतमा गएर बयान दिन नेपाललाई कानुनविद्को सुझाव 

काठमाडौं, जेठ २२ : कानुनविद्हरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दा दायर भइसकेको अवस्थामा अदालतमा गएर बयान दिनुको विकल्प नरहेको सुझाव दिएका छन्। 

आफुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले कानुन व्यवसायीसँग परामर्श लिएका थिए। 

Hardik ivf

अख्तियारले अदालतमा मुद्दा दायर गरेलगत्तै रौतहटबाट काठमाडौँ फर्किएका नेपालले वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दीसँग पार्टी कार्यालयमा परामर्श लिएका हुन्। 

वरिष्ठ अधिवक्ता थापाले मुद्दा अदालत पुगिसकेकाले अभियोग पत्र लिएर अध्ययन गर्न र बयानका लागि अदालतमा जान सुझाएका थिए। कानुनविद्सँगैको छलफलमा पार्टीका शीर्ष नेतासमेत सहभागी थिए । कानुनव्यवसायीसँग छलफललगत्तै एकीकृत समाजवादीको आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको छ । 

प्रकाशित मिति: २१:१८ बजे, बिहीबार, जेठ २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्