Kathmandu Press

प्याट्रिक डे वाइल्ड महिला फुटबल टिमको मुख्य प्रशिक्षक

एन्फाले आजै एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण समेत गरेका छन्।
प्याट्रिक डे वाइल्ड महिला फुटबल टिमको मुख्य प्रशिक्षक

काठमाडौं, जेठ २२ : बेल्जियमका प्याट्रिक डे वाइल्ड नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) बेल्जियमका प्याट्रिकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ। 

एन्फाले आजै एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण समेत गरेका छन्। अब उनले एक वर्ष नेपाली महिला टिमको प्रशिक्षका रुपमा काम गर्ने छ।

उनी आजै बिहान नेपाल आइपुगेका थिए। उनले नेपाल सुपर लिगमा काठमाडौं रेजर्सलाई प्रशिक्षण दिएका थिए। 

प्याट्रिकले जुन अन्तिममा उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोटबाट नेपाली टिमको प्रशिक्षण सम्हाल्नेछन्।

प्याट्रिक डे वाइल्ड नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षक बन्ने दोस्रो विदेशी र प्रो लाइसेन्स प्राप्त पहिलो विदेशी प्रशिक्षक हुन्।

प्रकाशित मिति: २०:४७ बजे, बिहीबार, जेठ २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्