Kathmandu Press

स्वदेशी मह सेवन गर्न मन्त्री अधिकारीको आग्रह

स्वास्थ्यका दृष्टिकोणवाट पनि महको नियमित सेवन फाइदाजनक रहेकाले स्वदेशी महको सेवन गरिदिन पनि सवैमा मन्त्री अधिकारीले आग्रह गरे।
स्वदेशी मह सेवन गर्न मन्त्री अधिकारीको आग्रह

काठमाडौं, जेठ २२ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले महमा गुणस्तर कायम गरे आयातित महले बजार खोस्न नसक्ने बताएका छन्। 

छैठौ मह मेलाको विहीबार काठमाडौंको भृकुटीमण्डपमा उदघाटन गर्दै मन्त्री अधिकारीले खुल्ला वजारमा सवैले प्रतिस्पर्धा गर्न पाउने भएकाले शुद्ध मह उत्पादनलाई पहिलो प्राथामिकता दिन जरुरी रहेकोमा जोड दिएका हुन्। 

Hardik ivf

बैक तथा वित्तिय संस्थालाई मौरी किसानहरुमा पनि लगानी गर्न आग्रह गर्दे मन्त्री अधिकारीले मौरी पालकहरुलाई देखिएको चरनको समस्यालाई समाधान गर्न पहल गर्ने पनि बताए। मौरी र महको प्रर्वद्धनका लागि सरकारवाट गर्न सकिने सवै सहयोग गर्न आफु तयार रहेको मन्त्री अधिकारीले बताए। 

स्वास्थ्यका दृष्टिकोणवाट पनि महको नियमित सेवन फाइदाजनक रहेकाले स्वदेशी महको सेवन गरिदिन पनि सवैमा मन्त्री अधिकारीले आग्रह गरे। मह उत्पादकहरुलाई उत्पादनमा जोड दिन आग्रह गर्दे मन्त्री अधिकारीले बजारको समस्या विस्तारै हटदै जाने सरकारले पनि पहल गरिरहेको छ बताए।

हाल नेपालमा वार्षिक पाँच हजार मेट्रिक टन भन्दा बढि मह उत्पादन हुने गरेको व्यवसायीहरुले बताएका छन्।

हाल सरकारले मह आयतमा रोक लगाएको छ। यसबाट मह उत्पादन बढदै गएको छ भने नेपाली महको खपत पनि बढदै गएको छ।

 विगतमा भन्दा अहिले मन्त्रालय मार्फत सकारात्मक सहयोग प्राप्त भएको मौरी पालक किसान तथा मह उत्पादकहरुले बताएका छन्।
 

प्रकाशित मिति: १९:१३ बजे, बिहीबार, जेठ २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्