Kathmandu Press

विपद् उद्धार अभ्यासका क्रममा सप्तकोशीमा सशस्त्रका २ गोताखोर वेपत्ता

बिहीबार अपरान्ह उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएको प्रहरीले जनाएको छ। 
विपद् उद्धार अभ्यासका क्रममा सप्तकोशीमा सशस्त्रका २ गोताखोर वेपत्ता

सुनसरी, जेठ २२ : विपद् उद्धार अभ्यासका क्रममा सप्तकोशी नदीमा सशस्त्र प्रहरीका २ जना गोताखोर बेपत्ता भएका छन्। 

बिहीबार अपरान्ह उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएको प्रहरीले जनाएको छ। 

Hardik ivf

अभ्यासका क्रममा सप्तरीको हनुमाननगर कांकालिनी नगरपालिका–१ कोशी ब्यारेजको ५४ र ५५ नम्बरको ढोकाको उत्तरतर्फ अभ्यासका क्रममा उनीहरु बगेर बेपत्ता भएका हुन्।

सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपदमा परेकाहरूलाई उद्धार गर्नका लागि बिहीबार सप्तकोशीमा अभ्यास गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले बेपत्ता भएका गोताखोरहरूको खोजी भइरहेको बताएका छन्। 

‘बेपत्ताको खोजीमा तीव्रता दिएको छ। आवश्यक सहयोगका लागि स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ,’ उनले भने।

प्रकाशित मिति: १९:०० बजे, बिहीबार, जेठ २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्