सरकार आफ्नो ढाकछोप गर्न धरपकडमा सक्रिय भएको विप्लवको आरोप
काठमाडौं, वैशाख २५ : नेत्रविक्रम चन्द ‘विप्लव’ले केपी शर्मा ओली नेतृत्वको सरकार हिंसा र आतंक मच्चाउन लागिपरेको आरोप लगाएका छन्। विप्ल....

काठमाडौं, वैशाख २५ : नेत्रविक्रम चन्द ‘विप्लव’ले केपी शर्मा ओली नेतृत्वको सरकार हिंसा र आतंक मच्चाउन लागिपरेको आरोप लगाएका छन्। विप्लवले अनिल शर्मा ‘विरही’को गिरफतारीविरुद्धको बक्तव्य जारी गर्दै आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न सरकारले यस्तो हर्कत गरेको बताए ।
‘कोरोनाको महामारीमा जनताले भोग्नुपरेको समस्यालाई ध्यान दिँदै पार्टीले गरेको कारवाही स्थगनलाई बेवास्ता गर्दै सरकारले आतंक र हिंसा मच्चाउन खोजिरहेको छ। आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानव अधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस भन्ने हाम्रो आग्रह छ’, विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै केपी सरकारको अमानवीय दमनको व्यापक भण्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन पार्टी पंक्तिलाई निर्देशन गर्दछ ।’
घरको भर्याङ्गबाट लडेर घाइते भएका बिरहीलाई मंगलबार उपचारको क्रममा प्रहरीले चितवनको भरतपुरस्थित पुरानो मोडिकल कलेजबाट पक्राउ गरेको थियो।












