Kathmandu Press

पूर्वराजा समर्थकले गरेको प्रदर्शन अर्थहीन : सभापति देउवा  

पूर्वप्रधानमन्त्री समेत रहेका देउवा महेन्द्रनगर आउने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारसँग यस्तो टिप्पणी गरेका हुन्। 
पूर्वराजा समर्थकले गरेको प्रदर्शन अर्थहीन : सभापति देउवा  

धनुषा, जेठ २२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा समर्थकले गरेको प्रदर्शन अर्थहीन रहेको बताएका छन्। 

पूर्वप्रधानमन्त्री समेत रहेका देउवा महेन्द्रनगर आउने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारसँग यस्तो टिप्पणी गरेका हुन्। 

Hardik ivf

देउवा कांग्रेसका दिवंगत नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२ औँ स्मृतिसभा, सालिक अनावरण र पुस्तक विमोचन कार्यक्रमका लागि त्यसतर्फ जानेक्रममा थिए। सभापति देउवाले राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहिन रहेको बताए। 

‘राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहिन छ । पूर्वराजा समर्थकले गरेको आन्दोलन गणतन्त्र विरोधी भएकाले जनताको त्याग र सङ्घर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य हुँदैन,’ सभापति देउवाले भने। 

साथै देउवाले गृहमन्त्रीको राजीनामा माग्ने कार्य पनि तर्कहीन रहेको बताए। संचारकर्मीसँगको जिज्ञासामा सभापति देउवाले संसद् अवरोध नगर्न प्रतिपक्ष दललाई आग्रह गरेका थिए।

प्रकाशित मिति: १८:१२ बजे, बिहीबार, जेठ २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्