Kathmandu Press

प्रतिनिधिसभाको बैठक भोलि १ बजेसम्मका लागि स्थगित

निरन्तर अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा प्रवेश नगरी भोलि दिउँसो १ बजेसम्मलाई बैठक सरेको सूचना सुनाएका थिए। 
प्रतिनिधिसभाको बैठक भोलि १ बजेसम्मका लागि स्थगित

काठमाडौं, जेठ २२ : प्रतिनिधिसभाको आजको बैठक भोली १ बजेसम्मका लागि स्थगित गरिएको छ। 

नियमित कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित गरिएको हो। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले विहीबार पनि सदन अवरोध गरेका थिए। 

निरन्तर अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा प्रवेश नगरी भोलि दिउँसो १ बजेसम्मलाई बैठक सरेको सूचना सुनाएका थिए। 

सभामुख घिमिरेले नियमित कार्यसूचीमा प्रवेश गर्न लागेको सूचना सुनाएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। 

सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने बताए पनि नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेकपा एकीकृत समाजवादीका सांसदले अस्विकार गर्दै विरोध जनाएका हुन्। सभामुख घिमिरेले सभा सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन अनुरोध गरेका थिए। 

प्रकाशित मिति: १८:०७ बजे, बिहीबार, जेठ २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्