Kathmandu Press

‘बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन’

उनले कांग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेको र कुनै समस्या नरहेको पनि स्पष्ट गरेका छन् ।
‘बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन’

जनकपुर, जेठ २२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको बजेट राम्रो रहेको प्रतिक्रिया दिएका छन्। 

बिहीबार जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको जनाए।

Hardik ivf

सरकारले ल्याउने बजेटबाट कुनै न कुनै पक्ष सँधै असन्तुष्ट रहने भएकाले त्यसतर्फ ध्यान नदिन आग्रह गरे।

त्यस्तै उनले कांग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेको र कुनै समस्या नरहेको पनि स्पष्ट गरेका छन् । उनले सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने दाबीसमेत गरेका छन्।

सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको भन्दै संसदको गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताए।

उनले राजावादीहरुको आन्दोलन तुहिसकेकाले त्यस विषयमा कुरा गर्नु कुनै औचित्य नरहेको बताए।
 

प्रकाशित मिति: १६:५८ बजे, बिहीबार, जेठ २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्