Kathmandu Press

नेपाललाई सांसदबाट निलम्बन गर्न अख्तियार पत्र संसदमा 

आज प्रतिनिधिसभा बैठक बसेमा सभामुख देवराज घिमिरेले अख्तियारबाट प्राप्त पत्रबारे जानकारी गराउने छन्। 
नेपाललाई सांसदबाट निलम्बन गर्न अख्तियार पत्र संसदमा 

काठमाडौं, जेठ २२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्वनका लागि संसद सचिवालयमा पत्र पठाएको छ। 

अख्तियारले पद निलम्वनका लागि पठाएको पत्र संसद् पुगेको छ। यदी आज प्रतिनिधिसभा बैठक बसेमा सभामुख देवराज घिमिरेले अख्तियारबाट प्राप्त पत्रबारे जानकारी गराउने छन्। 

आज बैठक नबसे जुन् दिन बस्छ सोही दिन अख्तियारको पत्रबारे जानकारी गराइने छ। 

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गामा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपालको सांसद पद स्वतः निलम्वनमा परेको हो। 
 

प्रकाशित मिति: १६:२६ बजे, बिहीबार, जेठ २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्