Kathmandu Press

राजेन्द्र पाण्डेको प्रतिक्रिया– राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो

उनले गिरीबन्धुमा पनि यस्तै नीतिगत निर्णय भएको भन्दै नीतिगत निर्णयलाई यसैगरी भ्रष्टाचार हो भन्दै मुद्दा लगाउने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुने समेत धारणा राखे।
राजेन्द्र पाण्डेको प्रतिक्रिया– राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो

काठमाडौं, जेठ २२ : नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोधको आधारमा पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि मुद्दा दर्ता गरेको आरोप लगाएका छन्। 

बिहीबार सञ्चारकर्मीहरुकोसँगको कुराकानीमा उनले अध्यक्ष नेपालले जग्गा प्रकरणमा जग्गा खरिद विक्री प्रकरणमा भ्रष्टाचारसँग जोडिने कुनै अपराध नगरेको दाबी गरे। 

Hardik ivf

‘जग्गा खरिद विक्रीकरणमा भ्रष्टाचारसँग जोडिने कुनै अपराध भएको जस्तो लाग्दैन्, यतिबेला यो घट्ना जन्मनु, आउँदो २८ गतेभित्र अख्तियारलगायत सबै संवैधानिक निकायहरूको म्याद सकिने फैसला पनि हुनु अनि यही छोटो अवधिमा के–के गर्नुपर्ने गरि भ्याउनुपर्ने बाध्यता भएकाले नै यो सबै भएको हो कि जस्तो लाग्छ । यो राजनीतिक प्रतिशोध नै हो,’ उनले भने।

उनले गिरीबन्धुमा पनि यस्तै नीतिगत निर्णय भएको भन्दै नीतिगत निर्णयलाई यसैगरी भ्रष्टाचार हो भन्दै मुद्दा लगाउने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुने समेत धारणा राखे। 

अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रकाशित मिति: १६:२६ बजे, बिहीबार, जेठ २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्