Kathmandu Press

संसद खुलाउन नेपाली कांग्रेस र रास्वपाबीच छलफल 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक श्याम घिमिरे रास्वपाको बैठकमा सामेल रहेका छन्। 
संसद खुलाउन नेपाली कांग्रेस र रास्वपाबीच छलफल 

काठमाडौं, जेठ २१ : अवरुद्ध संसद खुलाउन नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको संयुक्त बैठक बसेको छ। 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक श्याम घिमिरे रास्वपाको बैठकमा सामेल रहेका छन्। 

Hardik ivf

यता, रास्वपाबाट उपसभापति डा.स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार बैठकमा सहभागी रहेको जनाइएको छ। सत्तारुढ कांग्रेस र विपक्षी रास्वपाविच संसदको गतिरोधका विषयमा छलफल चलिरहेको जनाइएको छ। 

संसद् भवनमा दुई पार्टीका नेतावीच छलफल भएको हो।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको छ । माओवादी केन्द्र, रास्वपालगायतले संसद्मा बजेट प्रस्तुत गर्न दिए पनि संसद बैठक सञ्चालन हुन दिइरहेका छैनन्।


 

प्रकाशित मिति: १६:१५ बजे, बिहीबार, जेठ २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्