Kathmandu Press

आफूवरिुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि नेपालको प्रतिक्रिया– मैले कल्पना पनि गरेको थिइनँ

‘कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन। पतन्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिएन।’
आफूवरिुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि नेपालको प्रतिक्रिया– मैले कल्पना पनि गरेको थिइनँ

काठमाडौं, जेठ २२ : पतन्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो कल्पना भन्दा बाहिर रहेको प्रतिक्रिया दिएका छन्। 

गृहजिल्ला रौतहटमा रहेका नेपालले पत्रकारसँगको कुराकानीकाक्रममा यस्तो प्रतिक्रिया दिएका हुन्। 

पतन्जली जग्गा हिनामिना प्रकरणमा राखिएको जिज्ञासामा नेपालले प्रतिक्रिया दिँदै भने- ‘कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन। पतन्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिएन।’

नेपालले आफुने कुनै अनुचित काम नगरेको अध्यक्ष नेपालले बताए। ‘त्यस्तो कामलाई प्रोत्साहन पनि गरेको छैन। अहिलेसम्म के भयो मलाई जानकारीमा छैन,’ उनले भने। 

अध्यक्ष नेपालले भ्रष्टाचारका बिषयमा कानुन व्यवसायीसँग परामर्श गरेर अघि बढ्ने पनि बताए। 

प्रकाशित मिति: १५:१५ बजे, बिहीबार, जेठ २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्