Kathmandu Press

एकीकृत समाजवादीका नेताहरू छलफलमा 

पतञ्जलि जग्गा सट्टापट्टामा भ्रष्टाचारको प्रश्न उठाउँदै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालविरुद्ध अख्तियारले केही बेरअघि मुद्दा दर्ता गरेको थियो। 
एकीकृत समाजवादीका नेताहरू छलफलमा 

काठमाडौं, जेठ २२ : अख्तियारले आफ्ना पार्टी अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादी (एस) का शीर्ष नेताहरू छलफलमा जुटेका छन्।

अहिले केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरूविचअनौपचारिक छलफलमा भइरहेको छ। पतञ्जलि जग्गा सट्टापट्टामा भ्रष्टाचारको प्रश्न उठाउँदै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालविरुद्ध अख्तियारले केही बेरअघि मुद्दा दर्ता गरेको थियो। 

मुद्दा चलाइएका समाजवादीका अध्यक्ष नेपाल भने रौतहटमा छन्। अख्तियारले आफूविरुद्ध भ्रष्टाचार मुद्दा चलाएपछि आजै गृहजिल्ला रौतहटबाट काठमाडौं फर्किँदै छन्  

नेपाल बुधबार गृहजिल्ला रौतहट पुगेका थिए । नेपाल फर्किएलगत्तै पार्टीको आधिकारिक बैठक बसेर प्रतिक्रिया दिइने तयारी भएको छ। 

प्रकाशित मिति: १५:०६ बजे, बिहीबार, जेठ २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्