Kathmandu Press

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री र सचिव पनि मुछिए 

हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिएर सरकारी सार्वजनिक सम्पत्ति हिनामिनाको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। 
भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री र सचिव पनि मुछिए 

काठमाडौं, जेठ २१ : हदवन्दी छुटको पतन्जली योगपिठ जग्गा विक्री भ्रष्टाचार प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वमन्त्रीहरु र सचिवसहित ९३ जनाविरुद्ध भ्रष्टाचारको अभियोग लागेको छ।

हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिएर सरकारी सार्वजनिक सम्पत्ति हिनामिनाको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। 

Hardik ivf

अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसँगै तत्कालीन कानुन मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन मन्त्री डम्बरबहादुर श्रेष्ठ (मृत्यु भइसकेको)ले उनको हकमा छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मुख्य सचिव माधवप्रसाद घिमिरे (हाल मृत्यु भइसकेको) ले उनको हकमा पत्नी कमला घिमिरे, तत्कालिन भूमिसुधार सचिव छविराज पन्त लगायतलाई प्रतिबादी बनाएर भ्रष्टाचारको अभियोग लगाइएको छ। 

यस्तै, तत्कालीन सहसचिवहरु जितबहादुर थापा र लालमणि जोशीलाई पनि भ्रष्टाचार मुद्दामा प्रतिबादी कायम गरिको छ। अख्तियारको अभियोगपत्र अनुसार तत्कालीन कानुन उपसचिव कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी, भुपेन्द्रमणि केसी, तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ र तत्कालीन उपसचिव राजाराम थापालाई पनि कारबाहीका लागि प्रतिबादी कायम गरिएको छ। 

अभियोगपत्र अनुसार तत्कालीन शाखा अधिकृत सिताराम पोखरेल, तत्कालीन नायब सुब्बा बुद्धिबहादुर कार्की, तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देशार, केदारनाथ भट्टराई, खरिदार मोहनराम शर्मा, मालपोत अधिकृत जनार्दन गुरागाईं, बेदप्रसाद अर्याल, शिवहरि शर्मा सुवेदी, नायब सुब्बा विनोद कोइराला समेतलाई प्रतिबादी कायम गरिएको छ। 

अख्तियारले नेपालविरुद्ध भ्रष्टाचार निवारण, ऐन, २०५९ अनुरुप १८ करोड, ५८ लाख ५० हजार रुपैयाँ विगो, त्यति नै जरिवाना र जेल सजायको मागदाबी गरेको छ भने अन्य प्रतिबादीको हकमा भ्रष्टाचारको विगो फरक फरक रहेको छ। 

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गामा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

जग्गा अपचलनमा नेपाललगायतको संलग्नता देखिएको दाबी अख्तियारको छ । अख्तियारले भ्रष्टाचारमा व्यक्तिगत संलग्नता देखाएर मुद्दा दर्ता गरेको हो। 

प्रकाशित मिति: १४:५९ बजे, बिहीबार, जेठ २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्