नागरिकता सम्बन्धी विधेयक अघि बढाइने
गृहमन्त्री रमेश लेखकले सबैले नागरिकता ऐन, २०६३ लाई संशोधन गरेकोले अब समितिले ति संशोधन र संशोधनका पुष्टि गरेका व्यहोरा राखेर छलफल गर्नुपर्ने बताए।-(1)-1749113319.jpg)
काठमाडौं, जेठ २२ : बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन, २०६३लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि छलफल गरिएको छ।
आज सुशासन समितिको ७५औँ बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ संशोधन प्रस्तावकर्ताहरुसँग छलफल गरेको हो।
उक्त छलफलमा गृहमन्त्री रमेश लेखकले नेपाली आमाबाट जन्मेका सन्तानहरु बाबुको ठेगान भएन, बाबु वेपत्ता भएको अथवा विदेशी छन् भने र नागरिकता दिन सहयोग गरेनन् भने आमाकै नागरिकताको आधारमा नागरिकता दिने विषयलाई सरलिकृत गर्ने कुरा मुख्य विषय भएको बताए।
उनले सबैले नागरिकता ऐन, २०६३ लाई संशोधन गरेकोले अब समितिले ति संशोधन र संशोधनका पुष्टि गरेका व्यहोरा राखेर छलफल गर्नुपर्ने बताए।
‘सबै विषयको बारेमा निवेदन गर्न आवश्यक छैन। सबैले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्नु भएको छ, पुष्टि गर्नु भएको छ। अब समितिले ति संशोधन र संशोधनका पुष्टि गर्नुभएका व्यहोरा राखेर छलफल गर्ने नै छ,’ उनले भने, ‘नेपाली आमाबाट जन्मेका सन्तानहरु बाउको ठेगान भएन, बाबु वेपत्ता भइ अथवा विदेशी छन् भने र नागरिकता दिन सहयोग गरेनन् भने आमाकै नागरिकताको आधारमा नागरिकता दिने विषयलाई सरलिकृत गर्ने सो घोषणालगायतका कुरा मुख्य विषय हो।’
यसैगरी राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो सदनबाट पारित गर्नेगरी अघि बढिरहेको बताए।
सभापति खतिवडाले उनले सबै सदस्यहरूको चाहना यो विधेयक छिटो सदनमा लैजानुपर्ने रहेकाले पारित गर्नेगरी अघि बढिरहेको बताए।











-1752231581.jpg)
