Kathmandu Press

पुनः देशव्यापी आन्दोलनमा उत्रने कर्मचारी संगठनको चेतावनी

कर्मचारीहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्नामा बस्दै आएका छन्।
पुनः देशव्यापी आन्दोलनमा उत्रने कर्मचारी संगठनको चेतावनी

काठमाडौं, जेठ २१ : संघीय निजामति सेवाका कानुनी प्रावधानप्रति आपत्तिजनाउँदै धर्नामा बसेका कर्मचारीले पुनः देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।   

कर्मचारीमैत्री ऐन जारी गर्न मागसहित नेपाल निजामति कर्मचारी संगठनको अगुवाइमा कर्मचारीहरू अनसनमा बसेका हुन्। अनसन बसेको बिहीबार पाँचौँ दिन हुँदै छ।

कर्मचारीहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्नामा बस्दै आएका छन्।

संगठनले जेठ २५ गतेदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेर देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ।  

संगठनले शुक्रबारसम्म धर्नामार्फत सांकेतिक आन्दोलन गर्ने र जेठ २५ गतेदेखि आन्दोलनको स्वरुप फेरेर देशभर आन्दोलन गर्ने तयारी गरेको छ। 
 

प्रकाशित मिति: १३:०७ बजे, बिहीबार, जेठ २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्