Kathmandu Press

निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले गर्यो अस्वीकार

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर बाहेक अन्त्य प्रदर्शन गर्न नपाउने गरी भएको निषेधाज्ञा निर्णयविरुद्ध पेश भएको रिटलाई सर्वोच्चले दरपिठको आदेशमार्फत दर्ता अस्किवार गरेको हो। 
निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले गर्यो अस्वीकार

काठमाडौं, जेठ २१ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

राजवादीहरुको आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर बाहेक अन्त्य प्रदर्शन गर्न नपाउने गरी भएको निषेधाज्ञा निर्णयविरुद्ध पेश भएको रिटलाई सर्वोच्चले दरपिठको आदेशमार्फत दर्ता अस्किवार गरेको हो। 

Hardik ivf

राजावादीको संयुक्त जनआन्दोलन समितिकातर्फबाट प्रवक्ता स्वागत नेपाल भनिने भद्रप्रसाद नेपालले रिट लिएर सर्वोच्च पुगेका हुन्। 

उक्त रिटलाई सर्वोच्च अदालतको प्रशासनिक तबरबाट दर्ता अस्वीकार गएिएको हो । रिटमा दरपिठपछि निवदक नेपालले त्यसविरुद्ध अर्को निवेदन लिएर पुनः सर्वोच्च अदालत जाने बताएका छन्। 
 

प्रकाशित मिति: १२:३४ बजे, बिहीबार, जेठ २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्