विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ : गृहमन्त्री लेखक
मानिसमा प्रहरीप्रति आशा र भरोसा बढ्दोरहेको बताउँदै उनले विपदमा मानिसले सबैभन्दा पहिलो प्रहरी नै खोज्ने बताए।-1749048439.jpg)
काठमाडौं, जेठ २१ : गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिए ।
बुधबार सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन्।
जुन सुकै बेला जेसुकै हुन सक्छ । त्यो मानसिकताका साथ बस्नुपर्छ । मनसुनजन्य विपद्को पूर्वानुमान हुन्छ। तर, भुकम्प र आगलागीको पूर्वानुमान हुँदैन,’ उनले भने ‘हामी मनसुनको पूर्वसन्ध्यामा छौं। मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ । त्यसको पूर्वतयारीमा हामी तयार रहनुपर्छ।’
विपद्को जोखिम न्यनीकरण र व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी हो भनेर कानुनमै उल्लेख उनले बताए। मानिसमा प्रहरीप्रति आशा र भरोसा बढ्दोरहेको बताउँदै उनले विपदमा मानिसले सबैभन्दा पहिलो प्रहरी नै खोज्ने बताए।
अहिले बाढी–पहिलो र डुवानको जोखिम न्युनीकरण र व्यवस्थापनको तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ थियो।
‘मनसुनजन्य विपद्का लागि आजदेखि तयार हुनुप¥यो। समयमै पूर्वसूचना गराउन र उद्धारका लागि तयार अवस्थामा बस्न जरुरी छ । जेष्ठ २८ गतेबाट मनसुन सक्रिय हुने अनुमान छ,’ गृहमन्त्री लेखक भने।
नेपाल प्रहरीको ऐन संशोधनका लागि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा चाँडै छलफल सुरु हुने गृहमन्त्री लेखकले बताए।