Kathmandu Press

नीतिमा उल्लेख भएपनि बजेटको अभावले कार्यान्वयनमा समस्या छ : मन्त्री गुरुङ

उनले सञ्चार मन्त्रालयमा बजेटको कमि भएको भन्दै नीतिमा धेरै कुरा उल्लेख गर्ने तर पैसा नहाल्दिने हुँदा कार्यान्वयनमा समस्या हुने बताए। 
नीतिमा उल्लेख भएपनि बजेटको अभावले कार्यान्वयनमा समस्या छ : मन्त्री गुरुङ

काठमाडौं, जेठ २१ : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नीतिमा धेरै कुरा उल्लेख गर्ने तर बजेट नहाल्दिने भएपछि कार्यान्वयनमा समस्या आउने बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित प्रथम दिवसिय आवरणमा टाँचा लगाउने कार्यक्रममा उनले सञ्चार मन्त्रालयमा बजेटको कमि भएको भन्दै नीतिमा धेरै कुरा उल्लेख गर्ने तर पैसा नहाल्दिने हुँदा कार्यान्वयनमा समस्या हुने बताए। 

Hardik ivf

‘अर्थमन्त्रालयले हाम्रो कुरा बुझ्दैन् रहेछ। अर्थ मन्त्रालयले बजेट ल्यायो, के ल्यायो भन्दा हामीलाई केही पनि छैन जस्तै छ हाम्रो अवस्था। नीतिमा धेरै कुरा उल्लेख गर्ने पैसा नहाल्दिने भएपछि कसरी कार्यान्वयन हुन्छ,’ उनले भने, ‘हामीले पैसा खोजेर काम गर्नुपर्ने अवस्था छ।’

सबै लोप हुँदै गएको पशु र कृषिजन्य कुराहरुको संरक्षण गर्ने काम पनि हुलाक सेवा विभागले गर्नुपर्ने मन्त्री गुरुङले बताए। 

‘सबै लोप हुँदै गएको पशु र कृषिजन्य कुराहरुको संरक्षण गर्ने काम हुलाक सेवा विभागले गर्नुपर्ने छ किनभने पशु विज्ञान केन्द्र र कृषि ज्ञान केन्द्र के गरिरहेको छ थाहा छैन, उनीहरुलाई पनि भन्नु पर्ने छ,’ उनले भने, ‘यी सबै कुराको संरक्षण किन गर्नुपर्छ भने यति धेरै हाम्रो कृषिको प्रजातीहरु लोप भइसकेका छन्। त्यसकारण पनि हामीले यस्तो कुराहरुमा ध्यान दिनुपर्छ।’ 

मानव समाज सभ्यताको बारेमा भावी पुस्ताको लागि काम लाग्ने कुरामा बढि ध्यान दिएर काम गर्नुपर्ने भन्दै उनले अर्को पालि कृषि, पशु, औषधी र जडिबुटिका क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने बताए। 

प्रकाशित मिति: १९:२० बजे, बुधबार, जेठ २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्