Kathmandu Press

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

सप्तरी, वैशाख २५ : हात्तीको आक्रमणबाट सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आज बिहान आएको हात्तीको सम....

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

सप्तरी, वैशाख २५ : हात्तीको आक्रमणबाट सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आज बिहान आएको हात्तीको समूहको आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ स्थित भलुवाही टोलकी ३८ वर्षीया महिला जानकी मगरको मृत्यु भएको हो। 

जानकीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल लगिएको छ। 

स्थानीय राजु जयसवालका अनुसार तीनवटा हात्तीको समूहले लक्ष्मण मण्डल र बलराम इशरको घर भत्काएको छ। दुई दिनअघि हात्तीको समूहले अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलका वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर भत्काएर खाद्यान्न खाई क्षति पुर्‍याएको थियो। 

प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, वैशाख २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्