Kathmandu Press

विमानस्थल मजदुरको आन्दोलन स्थगित

काठमाडौं, फागुन २२ : भोलीसम्म तलब र अन्य माग पूरा गर्ने प्रतिवद्धता जनाइएपछि विमानस्थल मजदुरको आन्दोलन स्थगित भएको छ ।

नेपाल नागरिक उड्डयन प....

विमानस्थल मजदुरको आन्दोलन स्थगित

काठमाडौं, फागुन २२ : भोलीसम्म तलब र अन्य माग पूरा गर्ने प्रतिवद्धता जनाइएपछि विमानस्थल मजदुरको आन्दोलन स्थगित भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमको रोहबरमा आन्दोलन स्थगित गरिएको युनुट्राभका अध्यक्ष सुमन पराजुलीले बताए ।

आज बिहान ६ देखि ८ बजेसम्म मजदुरले विमानस्थलमा काम ठप्प पारेका थिए ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरण र आउट सोर्सिङ कम्पनीमा दुई सयभन्दा बढी मजदुर कार्यरत छन्

प्रकाशित मिति: ११:०३ बजे, बुधबार, फागुन २२, २०७५