सर्लाहीको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु
बरहथवा नगरपालिका–१७, कटानीमा मंगलवार बिहान पौने तीन बजेतिर ना ४६ प २८२० नम्वरको मोटरसाइकल अनियन्त्रित भइ पुलमा ठोक्किएर तीन मिटरजति तल खस्दा चालकको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।
सर्लाही, जेठ २० : सर्लाहीको बरहथवामा नहरको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ।
बरहथवा नगरपालिका–१७, कटानीमा मंगलवार बिहान पौने तीन बजेतिर ना ४६ प २८२० नम्वरको मोटरसाइकल अनियन्त्रित भइ पुलमा ठोक्किएर तीन मिटरजति तल खस्दा चालकको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईका अनुसार बरहथवा नगरपालिका १७ स्थित वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको मोटरसाइकल पुलबाट खस्दा चालक मलङ्गवा नगरपालिका–४, का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो।
चालक रायको टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागेको थियो। रायलाई भेनस अस्पताल बरहथवामा प्राथमिक उपचार गरी थप उपचारका लागि एलएस न्यूरो अस्पताल बारा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक मोटरसाइकल चालकको शव एल।एस। न्यूरो अस्पताल बारामै रहेको छ। घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।