Kathmandu Press

भारतमा रसायनिक प्लान्टबाट ग्यास लिक, १० को मृत्यु, ५ हजारभन्दा बढी बिरामी

काठमाडौं, वैशाख २५ : भारतको आन्द्र प्रदेशस्थित रसायनिक प्लान्टमा ग्यास लिक भएको छ। ग्यास लिक हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच हजारभन्दा बढी बिराम....

भारतमा रसायनिक प्लान्टबाट ग्यास लिक, १० को मृत्यु, ५ हजारभन्दा बढी बिरामी
एजेन्सी

काठमाडौं, वैशाख २५ : भारतको आन्द्र प्रदेशस्थित रसायनिक प्लान्टमा ग्यास लिक भएको छ। ग्यास लिक हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच हजारभन्दा बढी बिरामी परेका छन्।

आज बिहान आन्द्र प्रदेशको बिशाखापट्टनमस्थित रसायनिक प्लान्टबाट ग्यास लिक भएको जनाएको छ। ग्यास लिक हुँदा आठ वर्षीय बालिकासहित १० जनको मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार, पाँच हजार भन्दा बढी बिरामी भएका छन्। प्लान्ट वरिपरिका कर्यौ सर्वसाधारण बेहोस भएर सकडमै पल्टिएका छन्।

उनीहरुलाई सुरक्षाकर्मीले अस्पताल लगिरहेका छन्। उद्धार जारी रहेको भारतीय प्रहरीले जनाएको छ।

आज बिहान ३ बजे विशाखापट्टनमको एलजी पोलिमर्स इन्डस्ट्रिजबाट ग्यास लिक भएको हो। प्लान्टको तीन किलोमिटर वरिपरिको क्षेत्रमा असर परेको जनाएको छ।

त्यस क्षेत्रका वासिन्दा बेहोस भइरहेका छन्। हिड्दा हिड्दै पनि बेहोस भइरहेको जनाएको छ।

प्रकाशित मिति: १२:०९ बजे, बिहीबार, वैशाख २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्