सिरुवारी होमस्टेकी पर्यटनकर्मी गुरुङलाई ‘स्व. हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’
पोखराका अग्रणी पर्यटन उद्यमी हुतराज श्रेष्ठको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट गुरुङ सम्मानित हुने भएकी हुन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले जेठ २२ गते बिहीबार पोखरामा आयोजना गरिने टेवानको चौंथो अधिवेशनका अवसरमा गुरुङलाई जनही १५ हजार ५ सय ५ रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गर्न लागेको हो ।
काठमाडौं, जेठ २० : दक्षिण एसियाकै पहिलो नमुना होमस्टेकी अगुवा एवं पर्यटनकर्मी उर्मिला गुरुङ ‘स्व. हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ सम्मानित हुने भएकी छिन् ।
पोखराका अग्रणी पर्यटन उद्यमी हुतराज श्रेष्ठको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट गुरुङ सम्मानित हुने भएकी हुन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले जेठ २२ गते बिहीबार पोखरामा आयोजना गरिने टेवानको चौंथो अधिवेशनका अवसरमा गुरुङलाई जनही १५ हजार ५ सय ५ रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गर्न लागेको हो ।
उनीसँगै वरिष्ठ पर्यटन उद्यमी हरिध्वज तुलाचन पनि सोही पुरस्कारबाट सम्मानित हुने भएकी छिन् । स्याङ्जाको सिरुबारीमा नेतृत्वदायी भूमिका निर्बाह गर्दै आएकी ३६ वर्षिया उर्मिला गुरुङ उदाहरणीय युवा व्यक्ति हुन्। पोखराको सुविधायुक्त बसाइँ त्यागेर एक दशकदेखि उनी सिरुबारी गाउँमा फर्केर सबैको प्रेरणास्रोत बनेकी छिन्।
उनी अतिथि सत्कार, होमस्टे व्यवस्थापन, सांस्कृतिक कार्यक्रमलगायत कामको नेतृत्व गर्छिन्। त्यति मात्र होइन, मुलुकभित्रका विभिन्न गाउँमा होमस्टे व्यवस्थापन तालिमसमेत दिँदै आएकी छिन्। पोखरामा ड्रयागन होटल खोलेर पर्यटनमा होमिएका ८१ बर्से तुलाचन पर्यटन, समाजसेवा र सांस्कृतिक क्षेत्रका नक्षत्र हुन्।
पर्यटनविज्ञ सञ्जकान्त सिग्देलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसका आधारमा उनीहरूलाई सम्मान गर्ने निर्णय गरिएको हो। समितिमा टिकाराम सापकोटा, कमला गिरी, तुमला श्रेष्ठ, प्रभातराज श्रेष्ठ र प्रितमराज श्रेष्ठ छन्।