Kathmandu Press

सांसदहरुको कोरोना परीक्षण सुरु (फाेटाेफिचर)

काठमाडौं, वैशाख २५ : संघीय संसद्का सदस्यहरुको कोरोना भाइरसको परीक्षण गर्न थालिएको छ।

बिहीबार बिहान प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुको....

सांसदहरुको कोरोना परीक्षण सुरु (फाेटाेफिचर)
रिवाज राई

काठमाडौं, वैशाख २५ : संघीय संसद्का सदस्यहरुको कोरोना भाइरसको परीक्षण गर्न थालिएको छ।

बिहीबार बिहान प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुको स्वाब निकालेर कोरोना परीक्षण गर्न थालिएको हो। संसद् अधिवेशनका लागि विभिन्न सांसदहरु विभिन्न जिल्लाबाट आएकाले कोरोना परीक्षण गर्न थालिएको हो।

संसद्को बजेट अधिवेशन वैशाख २६ गते बोलाइएको छ। संसद् बैठकमा सबैजना हुने भएकाले कोरोना परीक्षण गरिएको संसद् सचिवालयले जनाएको छ।

राष्ट्रिय सभा सांसदहरुको बिहान १० बजेदेखि र प्रतिनिधिसभाका सांसदहरुको ११ बजेदेखि स्वाब निकाल्न थालिएकाे हाे। उनीहरुको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिन लागेको हो।

संघीय संसद् भवनकै ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको र सांसदहरुको स्वाब संकलन आजै गरिसकिने संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति: ११:३१ बजे, बिहीबार, वैशाख २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्