Kathmandu Press

इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विश्वविद्यालयको उत्कृष्ट अवार्ड

आफ्नो विधामा कलेज टप गरेका न्यौपानेले एमएसआइटीमा उत्कृष्ट प्राज्ञिक नतिजाका साथै समुदायको सेवा गरेर कलेजको गौरव राखेको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तबाट अवार्ड ग्रहण गरेका हुन्।
इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विश्वविद्यालयको उत्कृष्ट अवार्ड

काठमाडौं, जेठ १९ : इञ्जिनियर शशांकश्री न्यौपानेले वेष्टक्लिफ विश्वविद्यालयबाट प्रेसिडेन्ट अवार्ड प्राप्त गरेका छन्।

विश्वविद्यालयअन्र्तगतको काठमाडौंस्थित प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलका एमएससीआइटी ग्रयाजुएट न्यौपानेले प्रतिष्ठित प्रेसिडेन्ट अवार्ड पाएका हुन्। 

आफ्नो विधामा कलेज टप गरेका न्यौपानेले एमएसआइटीमा उत्कृष्ट प्राज्ञिक नतिजाका साथै समुदायको सेवा गरेर कलेजको गौरव राखेको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तबाट अवार्ड ग्रहण गरेका हुन्।

रोबोटिक प्रतिष्पर्धाहरुमा यसअघि नै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफल न्यौपानेले हाल डिजिटल स्वास्थ्यका क्षेत्रमा अनुसन्धान तथा काम गरिरहेका छन्। सूचना प्रविधि विज्ञ न्यौपाने डिजिटल स्वास्थ्यका क्षेत्रमा सक्रिय छन्।

स्नातकोत्तरमा उत्कृष्ट नतिजासँगै अध्ययन र ज्ञान सामाजिक क्षेत्रमा जोड्न सफल भएको भन्दै उनलाई विश्वविद्यालयले प्रतिष्ठित अवार्ड प्रदान गरेको प्रेसिडेन्सियल ग्रयाजुएट स्कूलले जनाएको छ। 
 
प्रकाशित मिति: १२:५५ बजे, सोमबार, जेठ १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्