Kathmandu Press

पञ्जाब आईपीएलको फाइनलमा, कप्तान श्रेयसको प्रेरणादायी कप्तानी

क्वालिफायर–२ मा पञ्जाबले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
पञ्जाब आईपीएलको फाइनलमा, कप्तान श्रेयसको प्रेरणादायी कप्तानी

काठमाडौं, जेठ १९ : एक सिजन अघि कोलकाता नाइट राइडर्सलाई आईपीएल उपाधि दिलाएका कप्तान श्रेयस अय्यरले यसपटक पञ्जाबलाई पहिलोपटक आईपीएलको फाइनलमा र्पुयाएका छन् । क्वालिफायर–२ मा पञ्जाबले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

२०४ रनको विशाल लक्ष्य पाएको पञ्जाबले कप्तान अय्यरको ४१ बलमा ८७ रनको तूफानी पारीको मद्दतले एक ओभर बाँकी छँदै लक्ष्य भेट्टायो। अय्यरको पारीमा ५ चौका र ८ छक्का समावेश थिए। यो मुम्बईका लागि आईपीएल इतिहासमै पहिलोपटक २०० भन्दा माथिको स्कोरको रक्षा गर्न नसकेको खेल बन्यो। पञ्जाबका शशाङ्क सिंहले कप्तान अय्यरको निःस्वार्थ खेल भावना र प्रेरणालाई टोलीको सफलता पछाडिको मुख्य कारण बताए।

Hardik ivf

गुजरातविरुद्धको खेल सम्झँदै शशाङ्कले अन्तिम ओभरमा अय्यरले आफूलाई स्ट्राइक दिने निर्णयकै कारण टोलीले खेल जितेको बताए। त्यही ओभरमा शशाङ्कले २३ रन जोडेर खेल जिताएका थिए।

प्रशिक्षक रिक्की पोन्टिङको अनुसार, गुजरातविरुद्ध २४३ रन बनाएको खेलले टोलीमा आत्मविश्वास भरिदिएको थियो। पोन्टिङ र अय्यरको सहकार्यले युवा खेलाडीहरूमा आत्मविश्वास बढाएको हो। यस सिजन पञ्जाबका चार अनक्याप खेलाडी – प्रम्भिरमन सिंह, प्रियांश आर्य, शशाङ्क सिंह र नेहाल बाधेरा – ले २५० रनभन्दा बढी योगदान दिएका छन्, जुन आईपीएल इतिहासमै पहिलो हो।

टोलीका लागि नवनिर्मित आत्मबल र कप्तानको प्रेरणादायी नेतृत्वले पञ्जाबलाई उपाधिबाट अब एक खेल मात्र टाढा र्पुयाएको छ।
 

प्रकाशित मिति: ०७:५२ बजे, सोमबार, जेठ १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्