Kathmandu Press

खेलपत्रकार हिमेशको पुस्तक ‘स्वर्णकथा : नेपाली फुटबल’ लोकार्पण

खेलपत्रकार हिमेशको पुस्तक ‘स्वर्णकथा : नेपाली फुटबल’ लोकार्पण

काठमाडौं, जेठ १८ : पत्रकार हिमेशरत्न वज्राचार्यद्वारा लिखित पुस्तक ‘स्वर्णकथा ः नेपाली फुटबल’को लोकार्पण गरिएको छ। 

आइतबार एक विशेष कार्यक्रमकाबीच पूर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यले पुस्तक लोकार्पण गरे। लोकार्पण समारोहमा एन्फा महासचिव किरण राई, प्रवक्ता सुरेश शाह, वरिष्ठ पत्रकार युवराज घिमिरे, खेलाडी सन्तोषी श्रेष्ठलगायत उपस्थित थिए।

Hardik ivf

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले पुस्तकमा फुटबलका घटनाक्रमलाई उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको बताए। पुस्तकनेपाली फुटबलको दस्ताबेज भएको बताए।

यस्तै, धाविका सन्तोषी श्रेष्ठले हरेक क्षेत्रमा साहित्य महत्वपूर्ण हुने भन्दै नेपाली खेलकुदमा पनि खेल साहित्य लेखिनुपर्ने आवश्यकता औंल्याइन्।

यस्तै पत्रकार तथा लेखक भूपेन्द्र खड्काले खेलकुदको यो किताव प्रकाशन गरिरहँदा खेलकुदको इतिहासका बारेमा बुझ्न सजिलो हुने बताए। उनले खेलकुदको बर्तमानका बारेमा खेलाडीका बारेमा र खेलले राष्ट्रलाई दिएको योगदानका बारेमा व्यख्या पुस्तकले गरेको बताए।

पुस्तकमा नेपाली फुटबलको सुरुआतदेखि १०० वर्ष लामो इतिहासका घटनाक्रम समेटिएको छ। वि.सं. १९८४ र १९९३ मा सागमा स्वर्ण नेपालले जित्दाका क्षणहरू पनि समेटिएका छन्। पुस्तक बुकहिल पब्लिकेशनबाट प्रकाशित भएको हो ।


 

प्रकाशित मिति: १८:१६ बजे, आइतबार, जेठ १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्