Kathmandu Press

शेख हसिनालाई मानवताविरूद्धको अपराध अभियोग

हसिनाविरुद्ध गत वर्षको विद्यार्थी–नेतृत्वको विद्रोहको दौरान हिंसात्मक दमन गरेको दाबीसहित सरकारी वकिलले आइतबार उक्त अभियोग दर्ता गरेको हो।
शेख हसिनालाई मानवताविरूद्धको अपराध अभियोग

काठमाडौं, जेठ १८ : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरूद्धको अपराध अभियोग लगाइएको छ।  

हसिनाविरुद्ध गत वर्षको विद्यार्थी–नेतृत्वको विद्रोहको दौरान हिंसात्मक दमन गरेको दाबीसहित सरकारी वकिलले आइतबार उक्त अभियोग दर्ता गरेको हो। 

हसिनासँगै दुई वरिष्ठ अधिकारीलाई पनि प्रतिबादी बनाएर अदालतमा मुद्दा दर्ता गरिएको अन्तरराष्ट्रिय संचारमाध्यमले बताएका छन्। हसिनाले सुरक्षा निकाय, उनको राजनीतिक दल अवामी लिग र सम्बद्ध समूहहरूलाई ठूलो संख्यामा हताहत हुने गरी दमन गर्न प्रत्यक्ष रूपमा आदेश दिएको दाबी सरकारी वकिलको रहेको समाचारमा जनाइएको छ। 

तत्कालिन प्रधानमन्त्री शेख हसिना गत वर्ष भएको विद्यार्थीहरुको विद्रोहपछि भागेर भारतको नयाँ दिल्ली पुगेको थिइन् । हसिना भारत भागेपछि यतिबेला नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले अन्तरिम सरकार चलाइरहेका छन्। 

युनुस सरकारले आतंकवाद विरूद्धको कानुन अनुसार हसिनाको दल अवामी लिगलाई प्रतिबन्ध लगाएको छ । हसिनालाई बंगलादेश फिर्ता पठाउन युनुस सरकारले भारतलाई आग्रह गरेको छ। 

 

प्रकाशित मिति: १६:३० बजे, आइतबार, जेठ १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्