Kathmandu Press

गाजामा युद्धविरामको अमेरिकी प्रस्तावमा हमासले राख्यो चार सर्त

उक्त प्रश्तावमा इजरायली जेलमा रहेका १ हजार २ सय प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने, हमासले बन्धक बनाएका २८ जना रिहा गर्ने लगायत बिषय छन्। 
गाजामा युद्धविरामको अमेरिकी प्रस्तावमा हमासले राख्यो चार सर्त

काठमाडौं, जेठ १८ : गाजामा युद्धविराम गर्ने अमेरिकी प्रस्तावमा सहमतिका लागि हमासले चारवटा शर्त राखेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले गाजामा ६० दिनको अस्थायी युद्धविराम गर्ने गरी राखेको प्रश्तावमा हमासले ति शर्तहरु राखेको हो। अस्थायी युद्धविराको प्रस्ताव इजरायलले स्वीकार गरिसकेको छ। 

उक्त प्रश्तावमा इजरायली जेलमा रहेका १ हजार २ सय प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने, हमासले बन्धक बनाएका २८ जना रिहा गर्ने लगायत बिषय छन्। 

Hardik ivf

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाए अनुसार हमासले भने युद्धविरामका लागि कम्तिमा पनि चारवटा शर्त पुरागर्नुपर्ने बताएको छ । हमासले १० जना जिवित बन्धक र १८ जना मृतकको शव हस्तान्तरण गर्ने शर्त राखेको जनाइएको छ । यस्तै, बन्धकहरुको रिहाइ तीन चरणमा गर्नुपर्ने प्रश्ताव पनि हमासले राखेको छ। 

गाजामा पूर्ण रूपमा युद्ध अन्त्यको सुनिश्चित हुनुपर्ने र गाजा क्षेत्रबाट इजरायली सेना हट्नुपर्ने शर्त पनि हमासले राखेको छ । यसैगरी, गाजामा लामो समयदेखि गाजामा मानवीय सहायता प्राप्त गर्न नसकेको उल्लेख गर्दै सहायता वितरण गर्नुपर्ने शर्त पनि हमासले राखेको समाचामा जनाइएको छ । यी शर्तहरूमा इजरायल तयार भए युद्धविराममा सहमति जनाउने भनाई हमासका तर्फबाट आएको छ।

यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धविरामका लागि हमास तयार नभए गाजामा निरन्तर सैन्य कारबाही भइरहने चेतावनी दिएका छन् । यता, अमेरिकी राष्ट्रपति ट्रम्पका मध्यपूर्व दूत विटकोफले हमासको प्रस्ताव कुनैपनि हालतमा मान्य नहुने प्रतिक्रिया दिएका छन्। 

उनले भनेका छन्, ‘यो पूर्ण रूपमा अस्वीकार्य छ। यसले हामीलाई पछाडि लैजान्छ अगाडि होइन। वार्ताअनुसारको प्रस्तावलाई  हमासले स्वीकार गर्नुपर्छ। आगामी सातादेखि युद्धविराम र बन्धक रिहाको काम सुरू गर्नुपर्छ।’ 

यता, संयुक्त राष्ट्रसंघले गाजाका नागरिकहरू यतिबेला इतिहासकै खराब अवस्थामा रहेको बताउँदै मानवीय सहायताहरू सहजताका साथ पुग्ने अवस्था बनाउन आग्रह गरेको छ । गाजामा मानवीय सहायता पु¥याइरहेको विश्व खाद्य कार्यक्रमले जनाए अनुसार ८० दिनदेखिको नाकाबन्दीका कारण भोकमरी लागेको छ। 


 

प्रकाशित मिति: १४:४० बजे, आइतबार, जेठ १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्