Kathmandu Press

सुनको मूल्यमा सामान्य बढ्यो

आज सुन तोलामा ३ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८ सय रुपैयाँ कायम भएको छ।
सुनको मूल्यमा सामान्य बढ्यो

काठमाडौं, जेठ १८ : गत शुक्रबारको  तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। 

आज सुन तोलामा ३ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८ सय रुपैयाँ कायम भएको छ।

सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार ९८० निर्धारण भएको छ। 

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार २८९ अमेरिकी डलर कारोबार भइरहेको छ। 

प्रकाशित मिति: १२:०५ बजे, आइतबार, जेठ १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्