Kathmandu Press

पिएसजीले जित्यो च्याम्पियन्स लिग उपाधि

शनिबार राति बायर्नको एलियान्ज एरेनामा भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानमाथि ५–०को एकपक्षीय जित निकाल्दै पिएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो। 
पिएसजीले जित्यो च्याम्पियन्स लिग उपाधि

काठमाडाैं, जेठ १८ : लुइस एनसिरकेको टिम पिएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको छ। शनिबार राति बायर्नको एलियान्ज एरेनामा भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानमाथि ५–०को एकपक्षीय जित निकाल्दै पिएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो। 

यो च्याम्पियन्स लिग फाइनल इतिहासको सबैभन्दा फराकिलो जित हो। पिएसजी च्याम्पियन्स लिग जित्ने दोस्रो फ्रेन्च क्लब हो। यसअघि सन् १९९३ मा मार्सेलीले पहिलो पटक च्याम्पियन्स लिग जितेको थियो।

Hardik ivf

योसँगै प्रशिक्षक लुइस एनरिसको पिएसजीलाई ट्रेलब जिताएका छन्। यसअघि पिएसजीले लिग १ र फ्रेन्च लिग कप जितेको थियो। उनको करिअरको भने यो दोस्रो ट्रेबल हो। उनले बार्सिलोनाबाट पनि ट्रेबल जितेको थिए।

पिएसजीको डिजायर डुएले २ गोल गरे भने अचरफ हाकिमी, ख्रिचा क्वाराजखेलिया र सेनी मायुलुले गोल गरे। पिएसजीले खेलको सुरुदेखि नै इन्टरमाथि दबाब बनाएको थियो। 

१२औं मिनेटमा डुएको पासमा हाकिमीले ट्यापइनमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। यो २०१९ पछिको फाइनलको सबैभन्दा छिटो गोल थियो। यस्तै, २०औं मिनेटमा डुएले गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए। पहिलो हाफ २–० मै सकियो। 

तर, दोस्रो हाफमा पिएसजी थप आक्रमण खेल खेलेको थियो। ६३औं मिनेटमा डुएले नै गोल गर्दै पिएसजीलाई ३–०को अग्रता दिलाए। त्यसपछि भने पिएसजी खेलमा पूर्णरुपमा हावी भएको थियो। त्यसपछि ७३औं मिनेटमा क्वाराजखेलिया र ८६औं मिनेटमा मायुलुले गोल गर्दै पिएसजीलाई सहज जित दिलाए। यो गोलसँगै मायुलुले फाइनलमा गोल गर्ने दोस्रो कान्छा खेलाडी बने। 

प्रकाशित मिति: ११:५४ बजे, आइतबार, जेठ १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्