Kathmandu Press

आज टीकापुर घटनाको फैसला सुनाइँदै

धनगढी, फागुन २२ : एसएसपी लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको हत्या गरिएको टीकापुर घटनामा आज कैलाली जिल्ला अदालतले फैसला सुनाउँने भएको छ ।

....
आज टीकापुर घटनाको फैसला सुनाइँदै
फाइल फोटो

धनगढी, फागुन २२ : एसएसपी लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको हत्या गरिएको टीकापुर घटनामा आज कैलाली जिल्ला अदालतले फैसला सुनाउँने भएको छ ।

तीन वर्ष अघि थरुहट र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा टीकापुर घटना भएको थियो । २०७२ भदौ ७ गते थरुहटले निकालेको जुलुस र प्रहरीबीचको झडपमा एसएसपी न्यौपानेसहित आठ प्रहरीको हत्या गरिएको थियो । एकजनालाई ज्यूदै जलाइएको थियो । घटनामा १८ महिने टेकु (टेकेन्द्र साउँद)लाई पनि गोली हानिएको थियो । उनले पनि ज्यान गुमाएका थिए ।

सो घटनामा प्रहरीले प्रतिनिसभाका सदस्य रेशम चौधरीसहित ५८ जनाविरुद्ध कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दा लगाइएको थियो । जसमध्ये मुक्त अभियुक्त बनाइएका रेशम चौधरीसहित २६ जना पक्राउ परेका छन भने ३२ जना फरार छन् ।

यो मुद्दाको अन्तिम सुनुवाइ मंगलबार सकिएको छ । आज अदालतले फैसला सुनाउँने जिल्ला अदालतका प्रवक्ता नरबहादुर नेगीले बताए । कैलाली जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईले फैसला सुनाउँने छन् ।

टीकापुर घटनाको मुद्दामा रेशम चौधरीसहित ५८ अभियुक्तको तर्फबाट एकदर्जन भन्दा भढी वकिलले बहस गरेका छन् । त्यस्तै, पक्षका तर्फबाट जिल्ला न्यायाधिवक्ता बिष्णु पौडेल र सहायक न्यायाधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए ।

यो घटनामा योजनाकार भनिएका रेशम चौधरीले फरार रहेकै अवस्थामा प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका थिए । चुनाव जितेपछि उनले जिल्ला अदालतमा आत्मसर्मण गरेका थिए । पुर्पक्षका लागि जेलमा रहेकै बेला सभामुख कृष्णबहादुर महराले सपथ ग्रहण गराएका थिए । उनी डिल्लीबजार करागारमा छन् ।

त्यस्तै, थरुहट आन्दोलनका नेता लक्ष्मण थारु पनि यस घटनामा पुर्पक्षका लागि जेलमा छन् ।

तीन वर्षपछि फैसला सुनाउन लागिएको हो ।

 

प्रकाशित मिति: १०:४० बजे, बुधबार, फागुन २२, २०७५