विश्व श्रमिक नेता लुक र महासचिव राईबीच भेटवार्ता
नेपालमा सबै राजनीतिक दलहरु तथा नीतिगत निर्णय गर्ने निकायहरुमा रोजगारदाताहरुको प्रभाव बढेको र श्रमिकहरुको प्रभाव बढाउनेतर्फ राजनीतिक दलहरु उदासिन भएको राइले महासचिव ट्रयांगललाई जानकारी गराए।
ब्रसेल्स, जेठ १६ : श्रमिकहरुको विश्वको सर्वोच्च संस्था ईन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेशनका महासचिव लुक ट्रयांगललाई कन्फेडेरेशनको प्रधान कार्यालय ब्रसेल्समा नेपाल ट्रेड युनियन कांग्रेस महासचिव अजयकुमार राइले भेटवार्ता गरेका छन्।
महासचिव राइले नेपालको श्रमिक आन्दोलन र वर्तमान अवस्थामा नेपाली श्रमिक आन्दोलनमा रहेको समस्याबारे जानकारी गराए।
नेपालमा सबै राजनीतिक दलहरु तथा नीतिगत निर्णय गर्ने निकायहरुमा रोजगारदाताहरुको प्रभाव बढेको र श्रमिकहरुको प्रभाव बढाउनेतर्फ राजनीतिक दलहरु उदासिन भएको राइले महासचिव ट्रयांगललाई जानकारी गराए।
त्यस्तै हालैमा करिब एक महिना भन्दा बढी समय आफनो अधिकारका लागि गरिएको काठमाडौं केन्द्रित शिक्षक आन्दोलनलाइ पनि सरकारले खासै महत्व नदिएको, बैंक तथा वित्तिय संस्थाप्रति अदालतको आदेश अनुुसार श्रम कानुनले प्रभाव नपार्ने भनि गरिएको निर्णयले सो क्षेत्रको श्रमिक आन्दोलनप्रति हुन जाने समस्या, पर्यटन , होटल क्षेत्रमा खाइपाइ आएको दश प्रतिशत सेवा शुल्कबारे पनि अदालतको निर्णयले पारेको असर साथै वैदेशिक रोजगारमा गएका नेपालीहरुको समस्याप्रति पनि राईले बताएका थिए।
त्यस्तै, जलवायु परिवर्तनले पनि नेपाली श्रमिकहरुलाई पार्ने असर तथा त्यसको न्यायोचित रुपान्तरण पनि हुन नसकेकोप्रति युनियनहरु संवेदनशील रहेको बताएका थिए।
नेपालमा श्रमिक समस्याहरुलाई मध्यनजर गर्दै भविष्यमा नेपाल भ्रमण गरेर नेपाली श्रमिकहरुलाई उर्जा प्रदान गर्न भनि कन्फेडेरेशनका महासचिव लुक ट्रयांगललाई टे«ड युनियन कांग्रेस अध्यक्ष योगेन्द्र कुँवरबाट दिइएको भ्रमणको निम्तो पत्र पनि महासचिव राईले प्रदान गरेका थिए।
सो क्रममा श्रमिकहरुप्रति हुने कुनैपनि अन्याय तथा समस्याप्रति कन्फेडेरेशनका बिस करोड ७० लाख श्रमिकहरुको ऐक्यबद्धता रहेको र आफनो अनुकुलता हेरेर आफु नेपाल आउने प्रतिबद्धता पनि महासचिव लुकले जानकारी गराएका थिए।
विश्वभर सबै क्षेत्रका २० करोड ७० लाख सदस्य रहेको श्रमिक क्षेत्रको विश्व स्तरको सर्वोच्च संस्था जसमा विश्वभरका १६३ देशका ३३१ राष्ट्रिय स्तरका ट्रेड युनियन केन्द्रहरु आबद्ध रहेका छन्।
जसमा नेपालबाट आबद्ध तिन संस्था मध्य सबैभन्दा पुरानो नेपाल ट्रेड युनियन कांग्रेस रहेको छ भने अन्य दुईमा जिफन्ट र आन्टुफ रहेको छ ।