Kathmandu Press

राजावादी समूहले आज माइतीघरमा प्रदर्शन गर्दै

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा माइतीघरमा प्रदर्शन हुन लागेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए । 
राजावादी समूहले आज माइतीघरमा प्रदर्शन गर्दै

काठमाडौँ, जेठ १६ : राजावादी समूहले शुक्रबार (आज) राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । 

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा माइतीघरमा प्रदर्शन हुन लागेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए । 

Hardik ivf

यसअघि राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेको थियो । राजावादी समूहले राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु भएको बताएको छ । 

राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् । 

प्रकाशित मिति: ०८:२८ बजे, शुक्रबार, जेठ १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्