Kathmandu Press

युवा तथा खेलकुदका लागि अहिलेसम्मकै धेरै बजेट 

आगामी आर्थिक वर्ष २०८२/८३ को लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका छन्।
युवा तथा खेलकुदका लागि अहिलेसम्मकै धेरै बजेट 

काठमाडौं, जेठ १५ : सरकारले युवा तथा खेलकुदका लागि अहिलेसम्मकै धेरै बजेट विनियोजन गरेको छ। 

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका छन्। यो बजेट गत बर्षको भन्दा दोब्बर हो। 

आर्थिक वर्ष २०८१÷८२ मा युवा तथा खेलकुदका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो। अघिल्लो बर्ष भन्दा यसपल्टको बजेट दुई अर्ब ५८ करोडले बढी रहेको छ। 

बजेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला, त्रिवि क्रिकेट मैदान, १० औं राष्ट्रिय खेलकुद, दमकमा अधुनिक रंगशाला निर्माण, हाइ अल्टिच्यूड स्पोर्टस रंगशालालगायतका खेल पूर्वाधारलाई समेटिएको छ। 

प्रकाशित मिति: १७:५१ बजे, बिहीबार, जेठ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्