Kathmandu Press

त्रिवि क्रिकेट मैदान स्तरोन्नतीका लागि ४० करोड विनियोजन

बजेट वक्तव्यमा अर्थमन्त्री पौडेलले भने, ‘कीर्तिपुरस्थित क्रिकेट रंगशालाको स्तरोन्नती गर्न ४० करोड रुपैयाँ विनियोजन गरेको छु ।’ 
त्रिवि क्रिकेट मैदान स्तरोन्नतीका लागि ४० करोड विनियोजन

काठमाडौं, जेठ १५ : आगामी आर्थिक वर्षको बजेटमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नतीका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी गराएका हुन्। 

बजेट वक्तव्यमा अर्थमन्त्री पौडेलले भने, ‘कीर्तिपुरस्थित क्रिकेट रंगशालाको स्तरोन्नती गर्न ४० करोड रुपैयाँ विनियोजन गरेको छु ।’ 

बजेटमा आर्थिक वर्ष ०८२÷०८३ मा युवा तथा खेलकुदतर्फ ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
 
प्रकाशित मिति: १७:२७ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्