राष्ट्रपति भवनको पुनर्निर्माण गरिने
संसद् बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पुरातात्विक महत्वको शीतलनिवाससहित हरिहरभवन, श्रीमहल र ग्यालरी बैठकको पुनर्निर्माण गरिने बताएका हुन्।
काठमाडौं, जेठ १५ : सरकारले राष्ट्रपति भवनको पुनर्निर्माण गर्ने भएको छ।
संसद् बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पुरातात्विक महत्वको शीतलनिवाससहित हरिहरभवन, श्रीमहल र ग्यालरी बैठकको पुनर्निर्माण गरिने बताएका हुन्।
यस्तै, संसद् भवन र सर्वोच्च अदालतको भवन निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने पौडेलले बताए ।
प्रकाशित मिति: १७:२५ बजे, बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार