Kathmandu Press

नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, वैशाख २४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। 

बिहीबारका लागि बोलाइएको स्था....

नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, वैशाख २४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। 

बिहीबारका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको हो। यसअघि स्थायी कमिटीको बैठकमा पेश गर्ने एजेन्डा तय गर्न बसेको सचिवालयको बैठक निष्कर्षविहीन भएको थियो। 

नेकपाका महासचिव विष्णु पौडेलले भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको बताए।

‘स्थायी कमिटी बैठकमा पेश गर्ने प्रस्ताव तयार पार्न केही समय लाग्ने भएकाले भोलिका लागि बोलाइएको स्थायी कमिटीको बैठक केही दिन पछि धकेलिएको छ,’ उनले भने,‘अर्को बैठकको मिति छिट्टै तय हुन्छ।’

यसअघि बालुवाटारमा सचिवालय बैठकपछि प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै छलफल भएको थियो। 

त्यससअघि बसेको सचिवालय बैठकको बीचमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली आराम गर्न भन्दै बैठकबाट निस्किएपछि सचिवालय बैठक निष्कर्षविहीन भएको थियो।

सचिवालय बैठकको बीचमा केहीबेर आराम गर्न भन्दै निस्किएका प्रधानमन्त्री ओली बैठकमा नआएपछि स्थायी कमिटी बैठकमा पेश गर्ने प्रस्ताव तय नगरेरै सकिएको थियो।

प्रकाशित मिति: १९:४८ बजे, बुधबार, वैशाख २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्