Kathmandu Press

नेकपा सचिवालय बैठक निष्कर्षविहीन, स्थायी कमिटी बैठक पनि अनिश्चित

काठमाडौं, वैशाख २४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विनानिष्कर्ष सकिएको छ। 

प्रधानमन्त्री एवं पार्टी अध्यक....

नेकपा सचिवालय बैठक निष्कर्षविहीन, स्थायी कमिटी बैठक पनि अनिश्चित

काठमाडौं, वैशाख २४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विनानिष्कर्ष सकिएको छ। 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बीचमै आराम गर्न भन्दै बैठकबाट निस्किएपछि सचिवालय बैठक निष्कर्षविहीन भएको हो। सचिवालय बैठकको बीचमा केहीबेर आराम गर्न भन्दै निस्किएका प्रधानमन्त्री ओली बैठकमा आएनन्। 

प्रधानमन्त्री निस्किएपछि पनि केहीबेर बसेको बैठकले बिहीबार बोलाइएको स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न नसकेरै सकिएको हो। 

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि बस्ने स्थायी कमिटीको बैठकमा पेश गर्ने एजेन्डाबारे दुई अध्यक्षबीच छलफल हुने बताए। ‘स्थायी कमिटीको बैठक भोलि बस्ने कि नबस्ने र बैठकमा पेश गर्ने प्रस्तावबारे दुई अध्यक्षले निर्णय गर्नुहुनेछ,’ श्रेष्ठले भने।

सचिवालय बैठकले बैठकमा पेश गर्ने एजेन्डा तय गर्न नसकेपछि बिहीबार बोलाइएको स्थायी कमिटी बैठक पनि अनिश्चित बनेको छ। 

यसअघि शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले आत्मालोचना गर्दै सबैलाई मिलाएर लैजाने बताएका थिए। 
 

प्रकाशित मिति: १८:२० बजे, बुधबार, वैशाख २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्