Kathmandu Press

ग्याँस उद्योगीको आन्दोलन स्थगित, माग सम्बोधन गर्न आयोग गठन हुने 

काठमाडौं, फागुन २१ः  ग्याँस उद्योगीको आन्दोलन स्थगित भएको छ । सरकारले माग सम्बोधन गर्न भन्दै उच्चस्तरीय आयोग गठन गर्ने भएपछि आन्दोलन स्थगित गरिएक....

ग्याँस उद्योगीको आन्दोलन स्थगित, माग सम्बोधन गर्न आयोग गठन हुने 

काठमाडौं, फागुन २१ः  ग्याँस उद्योगीको आन्दोलन स्थगित भएको छ । सरकारले माग सम्बोधन गर्न भन्दै उच्चस्तरीय आयोग गठन गर्ने भएपछि आन्दोलन स्थगित गरिएको हो ।

ग्याँस उद्योगीहरु आफूहरुको माग सरकारले सुनुवाई नगरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका थिए । मंगलबार सरकारी अधिकारी र उद्योगीबीच भएको छलफलमा आयोग गठन गरेर दीर्घकालीन रुपमा समस्या समाधान गर्ने गरी तीन बुँदे सहमति समेत भएको छ । उक्त सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको उद्योगीहरुले जनाएका छन् । 

याे पनि

भोलिदेखि उद्योगीले भारतबाट ग्यास नल्याउने


 

प्रकाशित मिति: २२:३७ बजे, मंगलबार, फागुन २१, २०७५