बहराइनमा थप ८८ जनामा कोरोना संक्रमण
काठमाडौं, वैशाख २४ : बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। यससँगै बहराइनमा रहेका नेपाली संक्रमितको संख्या २४५ पुगेको छ।
बहरा....

काठमाडौं, वैशाख २४ : बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। यससँगै बहराइनमा रहेका नेपाली संक्रमितको संख्या २४५ पुगेको छ।
बहराइनस्थित नेपाली दूतावासका अनुसार गत बिहीबार बहराइनमा ३१ जना नेपालीमा संक्रमण देखिएको थियो। त्यसअघि ७७ जना नेपालीमा संक्रमण भेटिएको थियो।
बहराइनमा कुल एक हजार ९ सय ५० जना संक्रमित रहेका छन्। उपचारमा छन् १ हजार ७ सय ६२ जना डिस्चार्ज भएका छन्।
कोरोना संक्रमणबाट हालसम्म बहराइनमा आठ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १७:४९ बजे, बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











