Kathmandu Press

नेपाल–अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव : उद्घाटनमा ‘शाम्बाला’र समापनमा ‘पूजा सर’ प्रदर्शन हुने

नेपाल–अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव : उद्घाटनमा ‘शाम्बाला’र समापनमा ‘पूजा सर’ प्रदर्शन हुने

काठमाडौं, जेठ १३ : अमेरिकाको मेरिल्याण्डमा प्रत्येक वर्ष आयोजना हुदै आएको नेपाल–अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव २०२५ प्रदर्शन हुने चलचित्रहरूको सूची सार्वजनिक गरिएको छ। 

गत वर्ष बर्लिन फिल्म फेस्टिवलको मुख्य प्रतिस्पर्धा रहेको मिन बहादुर भामद्वारा निर्देशित ‘शाम्बाला’, गत वर्षकै भेनिस फिल्म फेस्टिवलमा प्रिमियर भएको दीपक रौनियारद्वारा निर्देशित ‘पूजा सर’ (राजागंज) र अमेरिकाको नेपाली डायस्पोरामा बनेको बिनोद पौडेलद्वारा निर्देशित (भुठान : द वर्ल्ड हापिस्ट म्यान’ लगायतका चलचित्र महोत्सवमा प्रदर्शन हुनेछन्।

यहि जुन महिनाको २६  देखि २९ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदी लगायत १५  देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१  चलचित्रहरू प्रदर्शन हुनेछन्। 

Hardik ivf

महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुनेछ। चार दिनसम्म चल्ने महोत्सवका चलिचत्रहरू भने एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ। महोत्सवमा प्रदर्शनका लागि आवेदन परेका मध्येबाट अमेरिका, नेपाल र दक्षिण अफ्रिकाका फिल्मकर्मीहरुको छनोट समितिले चलचित्रहरू छनोट गरेको हो। 

‘शाम्बाला’को प्रदर्शनबाट एएफआई सिल्भर थियटर जुन २६ बिहिबार महोत्सवको उद्घाटन हुनेछ। महोत्सवको समापन ‘पूजा सर’ (राजागंज)को प्रदर्शनसँगै जुन २९ आइतबार हुने छ। ‘भुठान ःद वर्ल्ड हापिस्ट म्यान’को पनि रेड कार्पेटसहित निर्देशक, कलाकार, निर्माता तथा निर्माण टोलीका सदस्यहरुको विशेष प्रदर्शन हुनेछ। 

ग्लोबल पिस फिल्म फेस्टिवल, फ्लोरिडासँगको सहकार्यमा यो वर्ष अमेरिकी निर्देशक स्यामुएल जर्जको ‘लिथियम राइजिङ्स् द रेस फोर क्रिटिकल मिनिरल’ र  निर्देशक ओल्ह बर्लान्दिनोको ‘द वार ट्रायल’ गरि दुई चलचित्र प्रदर्शन हुनेछन्। 

सुबिना श्रेष्ठ निर्देशित अन्तराष्ट्रिय महोत्सवहरुमा प्रसंशा भएको वृत्तचित्र ‘देवी’ र अन्तर्राष्ट्रिय चर्चित निर्देशक फराह कस्सेम निर्देशित वृत्तचित्र ‘वि आर इनसाइड’ पनि महोत्सवमा प्रदर्शन हुनेछन्। प्रिन्स जर्ज काउन्टीका स्थानीय निर्देशक चका बलामानीको चलचित्र ‘अ क्रिष्टमस बोनस’ लगायतका चलचित्रहरु डीएमभी(क्लोजअप अन्तर्गत प्रदर्शन हुनेछन्। 

प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ। पुरस्कार छनौटका लागि निर्णायक मण्डलको नाम भने केहि दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ। 

महोत्सव अवधिमा चलचित्र र संस्कृति,ुप्यानलु छलफलका साथै  र चलचित्र निर्माणबारे ुमास्टर क्लासु पनि हुनेछ । म्यारिल्याण्ड राज्यको पार्क्स तथा योजना आयोगको सहयोगमा उक्त छलफल हुने जनाइएको छ ।

‘हामीले यो वर्ष पनि यस्ता उत्कृष्ट चलचित्रहरु महोत्सवमा ल्याउन पाउँदा हामी अत्यन्त खुसि छौं। यी चलचित्रहरुले विभिन्न देशका मानव संस्कृती, संघर्ष, सहअस्तित्व तथा खुसीको कथाहरुको प्रतिनिधित्व गर्दछन्। यो महोत्सव तपाई हामी सबैको हो,’ महोत्सवका निर्देशक युवाकर राजकर्णिकार भन्छन्।
 

प्रकाशित मिति: १६:४५ बजे, मंगलबार, जेठ १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्