Kathmandu Press

उपचारपछि घर फर्केका तीन जनामा फेरि भेटियो कोरोनाको संक्रमण

काठमाडौं, वैशाख २४ : कोरोनालाई जितेर घर फर्केका तीन जना संक्रमितमा पुनः कोरोनाको संक्रमण भेटिएको छ। 

बुधबार आयोजित नियमित प्रेस ब्....

उपचारपछि घर फर्केका तीन जनामा फेरि भेटियो कोरोनाको संक्रमण

काठमाडौं, वैशाख २४ : कोरोनालाई जितेर घर फर्केका तीन जना संक्रमितमा पुनः कोरोनाको संक्रमण भेटिएको छ। 

बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनालाई जितेर घर फर्केका तीन जनामा पुनः कोरोनाको संक्रमण भेटिएको जानकारी दिए।

उनका अनुसार कोरोनालाई जितेर गत वैशाख ११ मा घर फर्किएका काठमाडौं पेप्सीकोलाका ५८ वर्षीय पुरुष, वैशाख १४ मा अस्पतालबाट डिस्चार्ज भएका रौतहटका १९ वर्षीय र पर्साका ४४ वर्षीय पुरुषमा कोरोनाको संक्रमण भेटिएको हो। फ्लोअपका लागि उनीहरुमा कोरोनाको पुनः संक्रमण भेटिएको प्रवक्ता देवकोटाले बताए। 

कोरोनाको पुन संक्रमण भेटिएका काठमाडौंका ५८ वर्षीय पुरुष पाटन अस्पताल र रौतहटका १९ तथा पर्साका ४४ वर्षीय पुरुष उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा भर्ना भएका छन्। 

यसअघि बुधबारै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा पर्सा वीरगञ्जका दुई महिने शिशुसहित १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। प्रवक्ता डा. देवकोटाका अनुसार  संक्रमित दुई महिने शिशुदेखि ६६ वर्ष उमेरका सात महिला र १० पुरुष रहेका छन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। संक्रमित ९९ मध्ये ७१ जना पुरुष र २८ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।


 

प्रकाशित मिति: १७:१० बजे, बुधबार, वैशाख २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्