Kathmandu Press

नेपाल विद्यार्थी संघले अर्थमन्त्रीलाई बुझायो २५ बुँदे मागपत्र

सोमबार अध्यक्ष डुजाङ शेर्पा नेतृत्वको टोलीले अर्थ मन्त्रालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो।
नेपाल विद्यार्थी संघले अर्थमन्त्रीलाई बुझायो २५ बुँदे मागपत्र

काठमाडौं, जेठ १२ : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षणसहितको २५ बुँदे मागपत्र बुझाएको छ।

सोमबार अध्यक्ष डुजाङ शेर्पा नेतृत्वको टोलीले अर्थ मन्त्रालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो।

पछिल्लो समय नेपालले आर्थिक मन्दीको सामना गरिरहेको परिप्रेक्ष्यमा संघले मन्त्रालयलाई ध्यानाकर्षण गराएको हो।

संघले साना व्यवसायी धराशायी बन्दै गइरहेकाले सबल वित्तिय र आर्थिक व्यवस्थापनको माध्यमबाट दिगो एवम फराकिलो तथा उच्च दरको आर्थिक वृद्धि हाँसिल गरी समग्र अर्थतन्त्रको क्षमता अभिवृद्धि गर्ने विषयमा ध्यानाकर्षण गराएको हो।

प्रकाशित मिति: १९:१८ बजे, सोमबार, जेठ १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्